ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् राज्यमन्त्री संजयकुमार साहको बयान

माघ २३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् राज्यमन्त्री संजय कुमार साहको बयानः

म २०६६ सालमा राज्यमन्त्री भएको हो। मन्त्रिपरिषद्‍बाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको जग्गाको विषयमा मानवीय त्रुटि तथा भुलवश भएको गल्ती सच्याउने भनी उप-प्रधानमन्त्री समक्ष मन्त्रिपरिषद्‍मा पेश गर्न उप-प्रधानमन्त्रीज्यू बाट निर्णय हुनको लागि उप-प्रधानमन्त्री समक्ष तत्कालीन सचिवले किटान राय सहित म समक्ष पेश गरेकोमा मेरो कुनै आफ्नो राय नराखी उप- प्रधानमन्त्री समक्ष उक्त फायल प्रक्रिया बमोजिम पठाईदिएको हो ।

उक्त मिसिलमा मिति २०६७।३।२७ मा राज्य-मन्त्रीको हैसियतले गरेको हस्ताक्षर मेरो हो । यस सम्बन्धमा मुख्य निर्णय पहिले नै भइसकेकोले सो निर्णय सच्याउनको लागि सचिवले राय सहित पेश गरेकोले आफूले कुनै निर्णय राय नदिई उप-प्रधानमन्त्री समक्ष उक्त फायल पेश गरिदिएको हो।

सुरूको निर्णय प्रकृया बारेमा मलाई केही जानकारी आएको थिएन मेरो कुनै संलग्नता पनि छैन।


ललिता निवास

कान्तिपुर

Link copied successfully