३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ललिता निवास प्रकरणमा मुद्दा दायर हुनु सकारात्मक : थापा

'एमसीसीमा भ्रम सृजना गर्न खोजियो'

काठमाडौँ — राप्रपा अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुद्दा दायर गर्दा राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध साध्न भने नहुने बताए ।

ललिता निवास प्रकरणमा मुद्दा दायर हुनु सकारात्मक : थापा

‘भ्रष्टाचार मुद्दामा निर्दोष पर्नुहुँदैन, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन,’ थापाले भने, ‘यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ । उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानुनको कठघरामा उभ्याउने आशा छ ।’

थापाले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे । उनले भने, ‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ । यसले आफ्नो विश्वनीयता पनि कायम राख्नुपर्छ । ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ ।’

आयोगले एनसेल कर काण्ड, वाईडबडी जहाज खरिद घोटाला काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतमा भएका भ्रष्टाचारको अनुसन्धान गरेर अपराधीलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउन कदम चाल्नुपर्ने बताए । थापाले अमेरिकी आर्थिक सहायता (एमसीसी) बारे योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गर्ने, विवाद खडा गर्ने र जनताका मनमा द्धिविधा र आशंका पैदा गर्ने कार्यहरु भइरहेको टिप्पणी गरे ।

थापाले डेढ वर्षदेखि राप्रपा (संयुक्त) साग पार्टी एकताको लागि आफूहरुले हदैसम्मको लचकता प्रदर्शन गरे पनि अन्तिम समयमा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी आफ्नो वचनमा अडिग हुन नसक्दा एकता प्रयास भाँडिएको बताए । उनले आगामी जेठ २५ गतेबाट राप्रपाको केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गर्दै प्रक्रियासमेत सुरु गरिएकाले अब एकताको प्रश्नै नआउने बताए ।

प्रकाशित : माघ २५, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?