कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोनाको आशंकामा भर्ना गरिएका २ जना डिस्चार्ज

फातिमा बानु

काठमाडौँ — कोरोना भाइसरको आशंकामा टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल भर्ना भएका दुई जना सोमबार डिस्चार्ज भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट रिर्पोट नेगेटिभ आएपछि सोमबार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ ।

कोरोनाको आशंकामा भर्ना गरिएका २ जना डिस्चार्ज

डिस्चार्ज हुनेमध्ये २८ वर्षीय पुरुष शनिबार भर्ना अस्पताल भएका थिए भने अमेरिकी नागरिक आइतबार साँझ भर्ना भएका थिए । शुक्रबार अस्पताल भर्ना भएकी ४५ वर्षीया महिलाको भने रिर्पोट आइनसकेको अस्पतालका प्रवक्ता तथा सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले बताए । ‘महिलाको रिर्पोट भोलि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘डिस्चार्ज भएका व्यक्ति पूर्ण रुपमा ठीक छन् ।’

डिस्चार्ज गरिएका दुवै व्यक्ति चीन पुगेर आएका थिए । भाइरस संक्रमणको आशंकामा तीनै जनालाई अस्पतालले आइसोलेसन वार्डमा राखेर उपचार र निगरानी गरेको थियो । नेपालमा हालसम्म एक जना पुरुषमा मात्रै कोरोना भाइरस पुष्टि भएको छ ।

काेराेना प्रकाेप


प्रकाशित : माघ १३, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?