सार्वजनिक सवारी साधन बन्द भएपछि काठमाडौंमा प्रहरीले थाल्यो नि:शुल्क बस

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

After the closure of public transport, the police started free buses in Kathmandu

काठमाडौँ — यातायात व्यवसायीका कारण सार्वजनिक यातायात बन्द भएपछि नेपाल प्रहरीले काठमाडौंमा दुई वटा बस सञ्चालनमा ल्याएको छ ।  

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार सर्वसाधारणको सुविधाका लागि नि:शुल्क रूपमा दुई बस सञ्चालनमा ल्याइएको हो ।

प्रहरीले रुट १ अन्तर्गत नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जय नेपाल हलमा एउटा र रुट २ अन्तर्गत नक्साल, रातो पुल, गौशाला, एयरपोर्ट कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार क्षेत्रमा अर्को बस सञ्चालनमा ल्याएको हो ।

After the closure of public transport, the police started free buses in Kathmandu

व्यवसायीको आन्दोलनले काठमाडौँ उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । काठमाडौँ उपत्यकाका सडकमा साझा यातायात, निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू मात्र चलेको देखिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार सार्वजनिक बस, माइक्रो बस र टेम्पो चलेका छैनन् । घोषित कार्यक्रम अनुसार नै व्यवसायीले कालो नम्बर प्लेटका सवारी साधन नचाएपछि सधैं व्यस्त हुने काठमाडौँका सडक बिहानैदेखि सुनसान देखिन्छन् ।

यद्यपि काठमाडौँका बस स्टपहरूमा यात्रीहरू गाडीको प्रतीक्षा गरिरहेको देखिन्छ । कोही पठाओ, इन्ड्राइभ लगायतका राइड सेयरिङमा र कोही हिँडेरै गन्तव्यमा गइरहेका छन् ।

गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् ।

कान्तिपुर

Link copied successfully