ठमेलमा निःशुल्क बिरयानी

काठमाडौँ — लकडाउनले अलपत्र परेका सर्वसाधारणलाई ठमेल, सातघुम्तीमा केही मनकारीले निःशुल्क खाना बाँड्न सुरु गरेका छन् ।

ठमेलमा निःशुल्क बिरयानी

कफी विथ मेन्जका सन्चालक मिनहाज खानले शनिबारदेखि सर्वसाधारण र अलपत्र परेका व्यक्तिहरुलाई भेज बिरयानी बाँड्न थालेका हुन् । शनिबार दिउँसोसम्म उनले ५० जनालाई बिरयानी उपलब्ध गराएका छन् ।


बिहान ११ देखि बेलुकी ४ बजेसम्म सातघुम्तीस्थित् कफी विथ मेन्जमा गएर जो कोहीले निःशुल्क बिरयानी खान सक्ने उनले कान्तिपुरलाई बताए । लकडाउन जारी भएसम्म नै उनले खाना उपलब्ध गराउनेछन् ।

प्रकाशित : चैत्र १५, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?