ठमेलमा निःशुल्क बिरयानी

चैत्र १५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — लकडाउनले अलपत्र परेका सर्वसाधारणलाई ठमेल, सातघुम्तीमा केही मनकारीले निःशुल्क खाना बाँड्न सुरु गरेका छन् ।

कफी विथ मेन्जका सन्चालक मिनहाज खानले शनिबारदेखि सर्वसाधारण र अलपत्र परेका व्यक्तिहरुलाई भेज बिरयानी बाँड्न थालेका हुन् । शनिबार दिउँसोसम्म उनले ५० जनालाई बिरयानी उपलब्ध गराएका छन् । 


बिहान ११ देखि बेलुकी ४ बजेसम्म सातघुम्तीस्थित् कफी विथ मेन्जमा गएर जो कोहीले निःशुल्क बिरयानी खान सक्ने उनले कान्तिपुरलाई बताए । लकडाउन जारी भएसम्म नै उनले खाना उपलब्ध गराउनेछन् । 

कान्तिपुर

Link copied successfully