महोत्तरीमा रातु नदीले तीन ठाउँमा बाँध बगायो, जलेश्वरमा बाढी पस्ने जोखिम

रातु नदीले बलवा, लोहारपट्टी, रतबारालगायतका स्थानमा बाँध बगाएको छ

आश्विन १९, २०८२

सन्तोष सिंह

In Mahottari, Ratu river burst its dam at three places, risk of flooding in Jaleshwar

महोत्तरी — जलेश्वर नगरपालिका–८ रतबारामा रातु नदीले बाँध बगाएको छ । बाढीको पानीले ३ स्थानमा बाँध बगाएको हो । रातु नदीमा पानी बढिरहेको र बाँध भत्किएपछि जलेश्वरलगायतका स्थान असुरक्षित बनेको छ ।

नदीको पानी जलेश्वर प्रवेश गर्ने जोखिम बढेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । रातु नदीले बलवा, लोहारपट्टी, रतबारालगायतका स्थानमा बाँध बगाएको रिसालले बताए ।

In Mahottari, Ratu river burst its dam at three places, risk of flooding in Jaleshwar'बाँध कटान भएको र बगाएको स्थानमा ओभरफ्लो भएर मात्रै पानी आयो भने खासै जोखिम हुँदैन,' प्रजिअ रिसालले भने,'पानीको स्तह बढेर थप कटान भयो भने जलेश्वर लगायतका स्थानमा बाढीको जोखिम बढेको छ । तर, रातु नदीमा उतरी क्षेत्रमा पानीको सतह घट्दो क्रममा रहेकोले हामीले जोखिम क्षेत्रमा सचेत गराएका छौँ ।'

बाँध बगेको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र बाढी पस्ने बस्तीमा सावधान गराइएको रिसालले बताए । लगातारको वर्षा र बाढीले महोत्तरीका अधिकांश ठाउँमा शनिबारदेखि नै बिजुली छैन । 

सम्बन्धित समाचार 

वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully