जनकपुर — जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसमा विद्रोह गरी मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनाेज साहले आफूले पाएको चुनाव चिह्न वेबसाइटमा नभएको भन्दै धर्नामा बसेका छन् ।
निर्वाचन कार्यालयले उपलब्ध गराएकाे घण्टाघर निर्वाचन चिह्न आयाेगकाे वेबसाइटमा नभएकाेले आफू प्रचारप्रसार गर्नबाट बञ्चित भएकाे साहको भनाइ छ । उनी साेमबार बिहान १० बजेदेखि मुख्य निर्वाचन अधिकारीकाे कार्यालय अगाडि धर्नामा बसेका छन् ।
