पाल्पा–२ बाट राउतसँगै निवर्तमान प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरे र संविधानसभा सदस्य नारायणी शर्माको नाम सिफारिस भएको थियो ।
पाल्पा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. रामबहादुर राउतलाई उम्मेदवार बनाएको छ।
क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण आचार्यले पुनः टिकट पाएका छन्।आचार्य क्षेत्र नम्बर १ मा २०७९ को निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए।
क्षेत्र नम्बर २ बाट टिकट पाएका राउत लामो समयदेखि तानसेन नगरपालिका–३ मा बसोवास गर्दै आएका छन्।गैरसरकारी संस्थाको पृष्ठभूमिबाट चिनिएका राउत र यसअघि एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य थिए । २०७४ र २०७९ मा रैनादेवी छहरा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए।
दुबै निर्वाचनमा जित हासिल गर्न सकेका थिएनन्। उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका पूर्वसल्लाहकारसमेत रहेका थिए।
पाल्पा–२ बाट राउतसँगै निवर्तमान प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरे र संविधानसभा सदस्य नारायणी शर्माको नाम सिफारिस भएको थियो ।
