शुद्धोधनमा मतगणनाका लागि तयारी पूरा, मध्यरातसम्म नतिजा आइसक्ने

मंसिर १६, २०८१

मनोज पौडेल

Preparations for the counting of votes in Shudhodhan are complete, the results will be out by midnight

कपिलवस्तु — शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनको मतगणनाका सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार, आइतबार राति ८ बजेबाट मतगणना प्रक्रिया सुरु हुने छ ।  

सोहसास्थित पतरिया स्वास्थ्य चौकीको माथिल्लो सभाकक्षमा मतगणनाको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए । सुरक्षाको सबै प्रबन्ध गरेर तार जाली लगाई ५ वटा सीसी क्यामरा लगाइएको छ । मतगणनास्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिलाई मात्र प्रवेश दिने बताइएको छ । राति १ बजेसम्म नतिजा आइसक्ने बताइएको छ । 

आइतबार साँझ ६ बजे उम्मेदवारसँग छलफल गरेर मतगणना प्रक्रिया सुरु गरिने छ । निर्वाचनमा १० जना दलका र ४ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

उपनिर्वाचनमा ६९ प्रतिशत मतदान

शुद्धोधन–१ को वडाध्यक्ष पदको उपनिर्वाचनमा ६९ दशमलव ४१ प्रतिशत मत खसेको छ । ४ हजार ८ सय ६८ मतदाता रहेकामा १ हजार ६ सय ६६ पुरुष र १ हजार ७ सय १३ महिला गरी ३ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए ।

मनोज

Link copied successfully