दोलखा — गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ४६ प्रतिशत मतदान भएको छ ।
कुल १५ हजार ७ सय १८ मतदाता रहेकामा दिउँसो २ बजेसम्म ७ हजार २ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान स्थलमा निकै कडा सुरक्षा व्यवस्था गरिएको छ । १२ वटा मतदान केन्द्रमा १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उपाध्यक्ष पदका लागि ९ स्वतन्त्रसहित ७ दलका १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
