ग्रामथानमा १ बजेसम्म १० हजारभन्दा बढी मत खस्यो

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

More than 10,000 votes were cast in the village till 1 am

विराटनगर — मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि मतदान जारी छ । दिउँसो १ बजेसम्म १० हजार बढी मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेलुका ५ बजे मतदान सकिएपछि आजै रातिदेखि मतगणना सुरु गर्ने तयारीमा निर्वाचन कार्यालयले तयारी गरिएको छ ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । अध्यक्ष पदका लागि नेपाली कांग्रेस, एमाले , माओवादी केन्द्र लगायतका १६ उम्मेदवार मैदानमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully