काठमाडौँ — उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका-१६ को अध्यक्षका लागि मतदान गरेका छन् ।
पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कुरा उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए ।
वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
