सप्तरीका दुइवटै वडामा मतदान सुरु

मंसिर १६, २०८१

अवधेशकुमार झा

Voting has started in both the wards of Saptari

राजविराज — स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सप्तरीको डाकनेश्वरी नगरपालिकाका दुईवटै वडामा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । डाकनेश्वरी नगरपालिका वडा नं १ र ४ मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको हो ।

वडा नम्बर १ मा कुल २ हजार ६ सय २३ मतदाता छन् भने वडाध्यक्षका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ दुई वटा मतदान स्थलका तीन केन्द्रमा निर्वाचन भइरहेको छ । 

त्यस्तै, कुल १ हजार ३ सय १९ मतदाता रहेको वडा नम्बर ४ मा पनि ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एउटा मतदानस्थलका दुई वटा केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन भइरहेका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन भइरहेको डाकनेश्वरी नगरपालिकासंग जोडिएको भारतीय सिमा सिल गरिएको छ ।

अवधेशकुमार

Link copied successfully