रौतहटमा तीन वडाध्यक्षका लागि मतदान सुरू

मंसिर १६, २०८१

शिव पुरी

Voting has started for three ward presidents in Rautahat

रौतहट — स्थानीय तह उपनिर्वाचनअन्तर्गत रौतहटमा तीन वडाध्यक्षका लागि मतदान सुरू भएको छ । गढीमाई नगरपालिका–८, राजपुर नगरपालिकाको–६ र ईशनाथ नगरपालिका-७ मा वडाध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान सुरू भएको हो । तीन वडाध्यक्ष पदका लागि ४५ जनाले उम्मेदवार चुनावी मैदानमा छन् ।

तीन वटै वडामा बिहान ७ बजे देखि मतदान सुरु भएको छ । मतदाताहरु मतदानका लागि लाइन बसेका छन् । ईशनाथमा काग्रेस, नेकपा एमाले, नेकपा माओबादी, रापप्रा, मधेशवादी दल, स्वतन्त्र लगायत १५ जना उम्मेदवार छन् ।

त्यस्तै, गढीमाईमा–८ मा १६ र राजपुरको–६ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ईशनाथ नगरपालिका– ७ एमालेका वडाध्यक्ष शेख खलीउल्लाहको मृत्यु पछि त्यहाँ निर्वाचन हुन लागेको हो ।

राजपुर नगरपालिका–६ मा कांग्रेसका शेख मोजरे आलम र गढीमाई नगरपालिका–८ का वडाध्यक्ष जसपा नेपालका रामाज्ञा राय यादवको मृत्यु पछि निर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडाहरुमा स्थानीय प्रशासनले सवारी र बाहिरका मानिसको आवागमनमा रोक लगाएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully