दार्चुलाको दुहु-५ मा मतदान सुरू 

मंसिर १६, २०८१

मनोज बडू

Voting begins in Duhu-5 of Darchula

दार्चुला — दुहु गाउँपालिका-५ रिक्त रहेको वडाध्यक्ष पदका लागि मतदान सरू भएको छ । वडाध्यक्ष मनोरथ भट्टको निधन भएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । 

बिहान ७ बजेबाट मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार एक मतदान स्थलमा मतदान शान्तिपुर्ण वातावरणमा भइरहेको छ ।

दुहु–५ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनमा ६ सय ४९ जना पुरुष र ६ सय २३ जना महिला गरी कुल १ हजार २७२ जना मतदाता रहेका छन् ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully