मतदान स्थलमा मतदाताको संख्या न्यून

मंसिर १६, २०८१

भवानी भट्ट

The number of voters at the polling station is low

कञ्चनपुर — स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ५ सय २२ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । 

५ हजार ४३४ मतदाता रहेको उक्त वडामा राजनीतिक दलका १० र स्वतन्त्र २ गरि १२ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि एक मतदान स्थल र ६ वटा केन्द्रमा मतदान भइरहेको हो । 

बिहानको समयमा चिसो भएका कारण मतदान स्थलमा मतदाको संख्या न्यून देखिएको छ । चिसो कम भएपछि मतदाताको उपस्थिति बढ्ने अनुमान गरिएको छ ।

एक वर्षअघि मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष महेन्द्र खड्‌काको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।  

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully