बाजुराको स्वामीकार्तिकमा २ बजेसम्म ५१ प्रतिशत मतदान

मंसिर १६, २०८१

अर्जुन शाह

51 percent polling in Bajura's Swamikarthik till 2 pm

धनगढी — बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ५१ प्रतिशत मतदान भएको छ । कुल ७ हजार ६० मतदाता रहेकामा २ बजेसम्म ३ हजार ६ सय ५० मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार पाँचवटै मतदान स्थलअन्तर्गतका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । पाँचवटा वडा रहेको स्वामीकार्तिकमा १० वटा मतदान केन्द्र रहेका छन् । 

उक्त उपनिर्वाचनमा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully