कोहलपुरमा कोभिड अस्पताल

वैशाख १४, २०७८

कान्तिपुर संवाददाता

बाँके — कोहलपुर नगरपालिकाले अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । २५ बेड क्षमता भएको अस्पताल व्यवस्थापनमा झन्डै ३५ लाख रुपैयाँ खर्च लागेको बताइएको छ । 

नगरपालिका प्रशासन प्रमुख छविलाल नेपालीका अनुसार बिरामीलाई औषधि पनि निःशुल्क दिइएको छ । एक जना चिकित्सक, चार नर्स गरी आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति गरिएको अस्पतालमा हाल नगरपालिकाका १२ जना संक्रमित आइसोलेसनमा भर्ना भएका छन् ।

अस्पतालमा रेडक्रससँग भाडामा लिएको एम्बुलेन्ससमेत छ । त्यस्तै, चारवटा ठूला खाले अक्सिजन सिलिन्डर प्रयोग भइरहेका छन् । एक महिनाभित्र नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने तयारीसमेत गरेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully