कपिलवस्तु — कपिलवस्तुका सीमा क्षेत्रमा लुकीचोरी वारिपारी गरिने स–साना बाटोमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । नजिकका भारतीय सीमावर्ती सहरमा कोरोना संक्रमित फेला परेपछि नाका सिल गरिएको हो ।
कोरोना संक्रमण रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधारण लुकीचोरी आवतजावत गर्ने गरेकाले जोखिम बढेको हुँदा सीमा नाकामा उच्च सतर्कता अपनाइएको हो ।
भारतसँग कपिलवस्तुको ९३ किलोमिटर सीमा जोडिएको छ । ठाँउठाँउमा लुकीचोरी आवतजावत गर्ने स–साना नाका (बाटा) छन् ।
