२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एपीएफ अस्पतालका २८ बिरामीलाई सैनिक अस्पतालमा सारियो

एपीएफ अस्पतालमा अब कोभिड-१९ का बिरामी र आशंका गरिएका व्यक्तिको मात्रै उपचार गरिने
मातृका दाहाल

काठमाडौँ — सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत २८ जना बिरामीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।

एपीएफ अस्पतालका २८ बिरामीलाई सैनिक अस्पतालमा सारियो

एपीएफ अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बिरामीको मात्रै उपचार केन्द्र बनाउने निर्णय पछि सशस्त्र प्रहरी मुख्यालयले भर्ना भएका २८ जनालाई वीरेन्द्र सैनिक अस्पताल स्थानान्तरण गरिएको हो ।


१ सय १० बेड क्षमताको एपीएफ अस्पतालमा सयभन्दा बढी बिरामी भर्ना भएर उपचार गराइरहेका थिए । त्यसमध्ये फलोअप र औषधि सेवन गरेर घरमै आराम गर्न मिल्नेलाई डिस्चार्ज गरिएको र बाँकीलाई अन्यत्र स्थानान्तरण गरिएको हो ।


सशस्त्र प्रहरी प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले डिस्चार्ज गर्न मिल्नेलाई घर वा ब्यारेकमा पठाएर बाँकीलाई सेनाको अस्पतालमा स्थानान्तरण गरिएको बताए । बिरामी सारिएसँगै एपीएफ अस्पतालबाट छिट्टै कोरोना संक्रमित तथा आशंका लागेमा मानिसलाई भर्ना गरेर उपचार गरिनेछ ।


सशस्त्रका सबै संयन्त्र बलम्बुबाट स्थानान्तरण कोभिड–१९ रोगको उपचारका लागि डेडिकेटेड अस्पतालमा रुपान्तरण गरिएपछि बलम्बुस्थित अस्पताल परिसर र आसपास रहेका सशस्त्र कार्यालयहरुपनि संयन्त्र अन्यत्र स्थानान्तरण गरिएको छ ।


बलम्बुमै रहेको सशस्त्र प्रहरी बल ९ नम्बर पशुपतिनाथ बाहिनी कार्यालय सानो गौचरणस्थित सशस्त्र प्रहरीकै स्टाफ कलेजको भवनमा सारिएको छ । स्टाफ कलेज मातातीर्थस्थित सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सारिएको छ । त्यस्तै बलम्बुमै रहेका सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालय, कुकुर शाखालगायतका युनिट पनि एकेडेमीमै सारिएको छ ।

प्रकाशित : चैत्र २४, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?