१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

वालेन्द्र बने काठमाडौं महानगरको मेयर

उपमेयरमा एमालेकी सुनिता डंगोल तेब्बर मतान्तरमा विजयी

काठमाडौँ — र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

वालेन्द्र बने काठमाडौं महानगरको मेयर

साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : जेष्ठ १२, २०७९ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?