कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

उपमेयरमा एमालेकी खड्का विजयी

जेष्ठ ११, २०७९

डिल्लीराम खतिवडा

उदयपुर — कटारी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४सय ६५ मतान्तरले पराजित गरेका हुन् ।

कटारीमा २५ हजार ७ सय ५४ मत खसेकोमा श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याए भने बरालले ५ हजार ९ सय ५२ मात्र मत ल्याउन सफल भए । 

उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित भएकी छन् । खड्काले गठबन्धनबाट उठेका माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तरले हराइन् । खड्काले ६ हजार ४ सय १३ मत प्राप्त गरिन् भने कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त गरे । 

यता २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचीत निर्वतमान मेयर ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५।मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । १४ वडा रहेको कटारी नगरपालिकामा ४ र ८ वडामा स्वतन्त्र उम्मेदवार क्रमशः भुपेन्द्रसिंह तामाङ र नवीन्द्रकुमार तामाङ निर्वाचित भएका छन् ।

वडा नं. ९ का अध्यक्षमा नेकपा (एकृकित समावादी)का वेगबहादुर आलेमगर विजयी भएका हुन् । त्यसैगरी १, ५,६, १०,११‚ १३ र १४ वडाध्यक्ष्मा एमालेका क्रमशः पदमलाल मगर, मोहनबहादुर तामाङ, प्रेमबहादुर मगर, क्षेत्रबहादुर खडका, अनन्त हायू, शम्भु श्रेष्ठ र अम्वबहादुर मगर निर्वाचित भएको निर्वाचन अधिकृत राजकुमार राउतले बताए ।

यता वडा नं. २, ३ र ६ का अध्यक्षमा क्रमशः कांग्रेसका प्रेमबहादुर क्षेत्री, पुष्कर खडका र सुवीन ढुगाना निर्वाचित भएको निर्वाचन अधिकृत राउतले बताए ।

डिल्लीराम

Link copied successfully