महोत्तरीको सम्सी गाउँपालिकामा जसपाका यादव विजयी 

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का रामनाथ यादव विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धीलाई १ हजार ३११ मतान्तरले पराजित गरे । रामनाथले ३ हजार ८९३ मत ल्याए भने निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले २ हजार ५८२ मत ल्याए । 

त्यस्तै गाउँपालिका उपाध्यक्षमा जसपाकै अनिताकुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २९५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उर्मिलादेवी साहले २ हजार ६८२ मत ल्याइन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully