२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

महोत्तरीको सम्सी गाउँपालिकामा जसपाका यादव विजयी 

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का रामनाथ यादव विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धीलाई १ हजार ३११ मतान्तरले पराजित गरे । रामनाथले ३ हजार ८९३ मत ल्याए भने निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले २ हजार ५८२ मत ल्याए । 

महोत्तरीको सम्सी गाउँपालिकामा जसपाका यादव विजयी 

त्यस्तै गाउँपालिका उपाध्यक्षमा जसपाकै अनिताकुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २९५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उर्मिलादेवी साहले २ हजार ६८२ मत ल्याइन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?