कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहाको धनगढीमाई मेयरमा एमालेका महतो, उपमेयरमा कांग्रेसकी चौधरी विजयी

भरत जर्घामगर

सिरहा — सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदमा एमालेका शिवशंकर महतो विजयी भएका छन् । उनले कांग्रेसका तत्कालीन संविधान सभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित भएका महतोले ७ हजार ५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी यादवले ६ हजार ९ सय १ मत प्राप्त गरे ।

सिरहाको धनगढीमाई मेयरमा एमालेका महतो, उपमेयरमा कांग्रेसकी चौधरी विजयी

यादव कांग्रेसका जिल्ला सभापति हुन् भने निर्वाचित महतो एमाले सिरहा जिल्ला कमिटी सहसचिव हुन् । पराजित यादव २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । निवर्तमान नगर प्रमुख माओवादी केन्द्रका हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरी तेस्रो स्थानमा चित बुझाए ।

उपमेयरमा कांग्रेसकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छन् । उनी एमालेकी उम्मेदवार शोभा बरालसँग २ सय ३५ मतान्तरले विजयी भएकी हुन् । चौधरीले ६ हजार ६ सय १३ र बरालले ६ हजार ३ सय ७८ मत प्राप्त गरिन् । निर्वतमान उपमेयर माओवादी केन्द्रका फुलकुमारी श्रेष्ठले ४ हजार ३ सय १४ मत प्राप्त गरिन् । १४ वडा रहेको धनगढीमाई नगरपालिकामा ६ वडमा कांग्रेस, ३ वडामा माओवादी केन्द्र, २ वडामा एमाले, १ वडामा एकीकृत समाजवादी, १ वडामा जनमत पार्टी, १ वडामा जनता समाजवादी विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?