धादिङ थाक्रेको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

जेष्ठ ६, २०७९

सरिता श्रेष्ठ

धादिङ — धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । उनी १० हजार ३ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीले ८ हजार १ सय १६ मत प्राप्त गरे । आचार्यको यो दोस्रो कार्यकाल हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार यन्त्रबहादुर थापा विजयी भएका छन् । उनी ९ हजार ४ सय ३१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अम्बिका रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिन् । 

थाक्रेका वडा नम्बर १ मा श्यामसुन्दर थापा, वडा नम्बर २ मा टिकाराम तामाङ, वडा नम्बर ३ मा विजय तामाङ, वडा नम्बर ४ मा आसाराम तामाङ, वडा नम्बर ५ मा सन्तबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । 

त्यस्तै, वडा नम्बर ६ मा हिराबहादुर थापा, वडा नम्बर ७ मा युवराज खतिवडा, वडा नम्बर ८ मा प्रेमकुमार थापा, वडा नम्बर ९ मा श्यामचन्द्र आचार्य, वडा नम्बर १० मा गोकुलप्रसाद लामिछाने र वडा नम्बर ११ मा शुदर्शन पाण्डे अध्यक्ष निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

सरिता

Link copied successfully