सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा गठबन्धन हराउँदै एमालेका टासी र अधिकारी दोहोरिए

जेष्ठ ६, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा एमालेका टासी लामा ह्योल्मो र उपाध्यक्षमा सुनिता अधिकारी लामा भारी मत ल्याएर निर्वाचित भएका छन् ।  लामाले ५ हजार ६०८  मत ल्याए । उनले कांग्रेस–माओवादी केन्द्र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दोर्जे स्याङ्बो तामाङलाई हराएका हुन् । 

दोर्जेले ४ हजार ४५ मत ल्याए । उपाध्यक्षमा निर्वाचित अधिकारीले ५ हजार ७२२ मत ल्याइन् भने प्रतिस्पर्धी कांग्रेसकी गंगाकुमारी चापागाईंले ४ हजार ३९३ मत ल्याइन् । अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा पनि यो पालिकाबाट टासी अध्यक्षमा र अधिकारी उपाध्यक्ष निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully