परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता ४ हजार ३सय ८१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र कुमार सहानी केवटलाई ८६ मतले पछि पार्दै गुप्ता दोस्रो कार्यकालको लागि विजय भएका हुन् । प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र कुमार सहानीले ४ हजार २९५ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । माओवादी केन्द्रकी पावित्रा कोहारलाई ५ सय १३ मतान्तरले पराजित गर्दै कांग्रेसकी फातिमा खातुन अन्सारी विजयी भइन् । अन्सारीले ३ हजार ६ सय ९८ मत प्राप्त गरेकी छन् । यो सँगै जिल्लामा मतगणना सकिएको छ । सात वटा स्थानीय तहमध्ये तीन वटामा नेकपा एमाले, एकमा माओवादी र तीनमा नेपाली कांग्रसले जित हासिल गरेको छ ।
