२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पर्साको छिपहरमाई गाउँपालिका अध्यक्षमा एमाले विजयी

पर्सा — पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छिपहरमाईं गाउँपालिका अध्यक्ष उम्मेदवार मनोजकुमार निर्वाचित भएका छन् । 

पर्साको छिपहरमाई गाउँपालिका अध्यक्षमा एमाले विजयी

जनता समाजवादी पार्टीका इन्द्रासन कलवारलाई पराजित गर्दै एमालेका उम्मेदवार मनोजकुमार निर्वाचित भएका हुन् ।

मनोज कुमारले ४ हजार १ सय ८८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कलवारले ३ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । मनोज २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी उम्मेदवार निर्वाचित भएकी छन् । कांग्रेसकी उपाध्यक्ष उम्मेदवार लिलावतीदेवी कानु निर्वाचित भएकी हुन् । उनले ३ हजार ५ सय ९० मत प्राप्त गरेकी थिइन् ।

उपाध्यक्षमा एमालेकी उम्मेदवार मोदिना खातुनले ३ हजार ५ सय ९० मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?