कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखा भिमेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

केदार सिवाकोटी

दोलखा — दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयर उम्मेदवार बनेका कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित भएका हुन् । 

दोलखा भिमेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

माधनन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार हरिवंश चौलागाईंलाई १ हजार ४ सय २२ को मतान्तरले पराजित गरेका हुन् । मानन्धरको ७ हजार ३ सय १ मत आएको थियो ।

त्यस्तै, उपमेयरमा भने एमालेले गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेको छ । एमालेकी उपमेयर उम्मेदवार कमला बस्‍नेत ७ हजार २ सय ६४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका थिए । उनले कांग्रेसका ईश्वरनाथ मानन्धरलाई पराजित गरेका थिए । त्यतिबेला मेयर निर्वाचित केसीले ६ हजार ८ य ५३ मत प्राप्त गरेका थिए भने पराजित मानन्धरले ५ हजार ८ सय १५ मत प्राप्त गरेका थिए । मानन्धर यसपटक भने निर्वाचित हुन सफल भएका हुन् । २०७४ मा उपमेयर पनि एमालेले नै जितेको थियो । उपमेयरमा एमालेकी कमला बस्नेतले ७ हजार १७ मत र उनकी निकटतम प्रतिद्वन्द्वी कमला कार्कीले २ हजार ८ सय ७९ मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?