बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेका भवानीप्रसाद खतिवडा विजयी भए । शुक्रबार बिहान सम्पन्न मतगणनामा प्रसाईले निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा भुर्तेललाई तीन हजार एक सय एक मतले पराजित गरेका हुन् । प्रसाईंले ११ हजार ४०३ मत प्राप्त गरेका छन् भने भुर्तेलले ८ हजार ३०२ मत मात्र प्राप्त गरिन् । भुर्तेल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । 

बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

उपाध्यक्षमा निर्वाचित खतिवडाले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनालाई दुई हजार ८ सय ८५ मतले पराजित गरे । खतिवडाले ८ हजार ७४ मत पाए भने तिम्सिनाले ५ हजार २ सय १६ मत मात्र प्राप्त गरे । बुद्धशान्तिमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने एमाले एक्लै चुनाव लडेको थियो ।


प्रकाशित : जेष्ठ ६, २०७९ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?