विराटनगर — मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा निर्वाचित भएका छन् ।
खरेलले निवर्तमान मेयर कांग्रेसका खड्ग फागोलाई १ हजार ८ सय ६६ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार १ सय ५६ मत ल्याउँदा फागो १० हजार २ सय ९० मतमा सीमित भए । २०४६ सालयता एमालेले २०७४ सालको निर्वाचनमा उर्लाबारीका नेतृत्व गुमाएको थियो ।
त्यसैगरी उपमेयरमा एमालेकी खतिवडाले कांग्रेसकी सीता कार्कीलाई ८८ मतले हराइन् । खतिवडाले १० हजार ७२८ मत ल्याउँदा कार्कीले १० हजार ६ सय ४० मत ल्याइन् ।
