रौतहटको ईशनाथ नगरपालिकामा लोसपा विजयी

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — रौतहटको ईशनाथ नगरपालिका प्रमुख र उपप्रमुखमा लोसपाका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ईशनाथ नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल उम्मेदवार कौशल्‍या देवी ६ हजार २ सय ८२ मत ल्याई विजयी भएकी हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार स‌न्तोषकुमार मेहतालाई ९ सय ७५ मतान्तरले पराजित गरेकी हुन् । पराजित स‌तोषकुमार मेहताले ५ हजार ३ सय ७ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार मो परवेज ५ हजार ७ सय ४९ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हुसने आराले ५ हजार ९७ मत ल्याएकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully