कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रौतहटको ईशनाथ नगरपालिकामा लोसपा विजयी

काठमाडौँ — रौतहटको ईशनाथ नगरपालिका प्रमुख र उपप्रमुखमा लोसपाका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ईशनाथ नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल उम्मेदवार कौशल्‍या देवी ६ हजार २ सय ८२ मत ल्याई विजयी भएकी हुन् ।

रौतहटको ईशनाथ नगरपालिकामा लोसपा विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार स‌न्तोषकुमार मेहतालाई ९ सय ७५ मतान्तरले पराजित गरेकी हुन् । पराजित स‌तोषकुमार मेहताले ५ हजार ३ सय ७ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार मो परवेज ५ हजार ७ सय ४९ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हुसने आराले ५ हजार ९७ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?