कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा नेकपा एस विजयी

कालिकोट — रास्कोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका धर्मराज शाही र उपमेयरमा एकीकृत समाजवादीका मनिराज बराल विजयी भएका छन् । माओवादी केन्द्रका नेता शाहीले ३ हजार ४७ मतसहित विजयी भएका हुन् ।

कालिकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा नेकपा एस विजयी

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दयाराम सिम्खाडाले २ हजार १ सय १७ मत ल्याका छन् ।

त्यस्तै, नगर उपप्रमुखमा एकीकृत समाजवादीका प्रदेश सदस्य मनिराज बरालले एमालेकी उमा शाहीलाई दोब्बर मतले हराए । बरालले २ हजार ८ सय ९ मत पाए भने शाहीले १ हजार ३ सय १ भोट पाएकी छन् । ०७४ को चुनावमा एमालेबाट नगर प्रमुखमा बराल र उप प्रमुखमा शाहीको टिम माओवादी केन्द्रका काशीचन्द्र बराल र मिमसरा शाहीसँग झिनो मतले पराजित भएका थिए ।

माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेको रास्कोटमा ४ नम्बर वडा बाहेक सबैमा गठबन्धन विजयी भएको छ । वडा नं ३ मा समाजवादीका राजेन्द्रनाथ योगी गोला प्रथाबाट विजयी भए । एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाहीको वडामा समेत एमाले पराजित भएकाे छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?