सर्लाहीको हरिवन मेयरमा माओवादीका बुढाथोकी

पहिले जाेसँग पराजित भए, अहिले उनैलाई हराए बुढाथाेकीले 

जेष्ठ ६, २०७९

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादीका रमेश बुढाथोकी विजयी भएका छन् । उपमेयरमा भने एमालेकी हरीमाया घलान निर्वाचित भइन् । स्थानीय तहको निर्वाचन २०७९ मा हरिवन नगरपालिकाको मेयर पदका लागि माओवादीका उम्मेदवार बुढाथोकीले ७ हजार २ मत ल्याई विजयी भएका छन् । उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईंले ६ हजार ८ सय ४९ मत ल्याएका छन् । 

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवार घलान ६ हजार ८ सय ५५ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी पदमा मुक्तानले ५ हजार ३ सय २१ मत प्राप्त गरिन् । हरिवनमा पालिका प्रमुखको मतगणना अन्तिम समयसम्म निकै प्रतिस्पर्धा देखियो । पालिकाभर माओवादीले एक वडासदस्य समेत जित्न नसके पनि बुढाथोकीले बाजी मारे । बुढाथोकी यसअघिको स्थानीय तहको चुनावमा एमालेका प्रसाईंसँग पराजित भएका थिए ।   

स्थानीय तह निर्वाचन २०७९

ओमप्रकाश

Link copied successfully