कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको खाँडादेवीमा एमाले उम्मेदवार विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको नजिजा सार्वजनिक गर्दै निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गऱ्यो ।

रामेछापको खाँडादेवीमा एमाले उम्मेदवार विजयी

श्रेष्ठले ७ हजार ३ सय ५९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज थोकरले ४ हजार ९ सय ९ मत पाए । त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित श्रेष्ठ २०५४ सालमा साविकको भिरपानी गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । एमालेका विभिन्न पदमा रहेर काम गरेका उनले वाग्मती प्रदेश सरकारको योजना आयोगको सदस्य भएर काम गरेका थिए । खाँडादेवीका ९ मध्ये ७ वटा वडा नेतृत्वमा एमाले उम्मेदवार विजयी भएका छन् । काँग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ जितेका छन् । रामेछापका सम्पूर्ण पालिकाको मतगणना कार्य सकिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?