मोरङको बेलबारी नगरपालिका मेयरमा एमालेका राई विजयी

जेष्ठ ६, २०७९

विनोद भण्डारी

विराटनगर — मोरङको बेलबारी नगरपालिकाको मेयरमा एमालेका दिलप्रसाद राई र उपमेयरमा कांग्रेसकी नितु थापा विजयी भएका छन् । मेयरमा राईले कांग्रेसका महेन्द्रप्रसाद सुवेदीलाई ८०२  मतले पराजित गरेका हुन् । राईले १६ हजार ४२२  मत ल्याउँदा सुवेदीले  १५ हजार ६२० मत पाए ।

 त्यसैगरी उपमेयरमा कांग्रेसकी थापाले एमालेकी तिलकुमारी न्यौपानेलाई १२६ मतले हराइन् । थापाले १३ हजार ७३१ मत ल्याउँदा न्यौपानेले १३ हजार ६०५ मत पाइन् । यसअघि यो नगरपालिकामा एमालेले मेयर र उपमेयर दुबै जितेको थियो ।  

स्थानीय तह निर्वाचन २०७९

विनोद

Link copied successfully