मोरङको बेलबारी नगरपालिका मेयरमा एमालेका राई विजयी

विनोद भण्डारी

विराटनगर — मोरङको बेलबारी नगरपालिकाको मेयरमा एमालेका दिलप्रसाद राई र उपमेयरमा कांग्रेसकी नितु थापा विजयी भएका छन् । मेयरमा राईले कांग्रेसका महेन्द्रप्रसाद सुवेदीलाई ८०२  मतले पराजित गरेका हुन् । राईले १६ हजार ४२२  मत ल्याउँदा सुवेदीले  १५ हजार ६२० मत पाए ।

मोरङको बेलबारी नगरपालिका मेयरमा एमालेका राई विजयी

त्यसैगरी उपमेयरमा कांग्रेसकी थापाले एमालेकी तिलकुमारी न्यौपानेलाई १२६ मतले हराइन् । थापाले १३ हजार ७३१ मत ल्याउँदा न्यौपानेले १३ हजार ६०५ मत पाइन् । यसअघि यो नगरपालिकामा एमालेले मेयर र उपमेयर दुबै जितेको थियो ।


प्रकाशित : जेष्ठ ६, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?