१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सर्लाहीको चक्रघट्टा गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । चक्रघट्टा गाउँपालिकाको अध्यक्षमा जसपाका कृष्णकुमार यादव विजयी भए । नेपाली कांग्रेसका उम्मेदवार रामजी साहलाई पराजित गर्दै जसपाका उम्मेदवार यादव निर्वाचित भएका हुन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

यादवले ५ हजार ९ मत १५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका साहले ३ हजार ५ सय २१ मत प्राप्त गरे । निवर्तमान गाउँपालिकाका अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विक्रम यादवले भने २ हजार १ सय ४४ मत ल्याए । यस्तै उपाध्यक्षमा जसपाकै मिनादेवी राय ५ हजार ८१५ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमल जयसवालले ३ हजार ७ सय ६० मत पाइन् । नौ वडा रहेको चक्रघट्टामा ६ वडामा जसपा, २ वडामा माओवादी केन्द्र तथा १ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।


प्रकाशित : जेष्ठ ६, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?