काभ्रे — काभ्रेको तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ र नेकपा माओवादी केन्द्रका दलमान थोकर निर्वाचित भएका छन् । तामाङले ७ हजार ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८७० मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका थोकरले ६ हजार ५५१ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेकपा एमालेका सम्तेन थिङले ४ हजार ९५२ मत प्राप्त गरिन् ।
यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो ।
