तिलोत्तमा — सियारी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार अयोध्या थारुलाई २ हजार ७ सय ७७ मतान्तरले पराजित गरेका हुन् ।
पराजित अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमृता गुरुङले ७ हजार २ सय ६९ मत ल्याएकी छन् ।
