हेटौंडामा मीना लामाको अग्रता कायमै

जेष्ठ ५, २०७९

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले आफ्नो अग्रता कायमै राखेकी छन् । नेकपा (एस) की उम्मेदवार लामाले साँझ ७ बजेसम्मको मतगणनाअनुसार ५७ हजार ७ सय १५ मतगणना हुँदा १८ हजार ३० मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १६ हजार ८२८ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १६ हजार १९५ मत प्राप्त गरेका छन् । हेटौंडामा ७४ हजार १८५ मत खसेको थियो । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार शुक्रबार अबेरसम्ममा अन्तिम नतिजा सार्वजनिक हुने सम्भावना रहेको छ । हेटौंडामा हालसम्म १३ वटा वडाको मतगणना सकिएको छ । कांग्रेसले ७ वटा र एमालेले ६ वटामा विजयी हात पारेको छ । अहिले ६ वटा वडाको मतगणना भइरहेको छ ।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully