कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवको जमानत जफत

भूषण यादव

वीरगन्ज — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवको जमानत जफत भएको छ । यादवले पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका थिए ।

मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवको जमानत जफत

पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मतमध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थियो । कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

पटेर्वासुगौलीका निर्वाचन अधिकृतका अनुसार जसपाका दीपक यादवले ४ सय ६९ मत मात्र पाएका छन् । जमानत जफत हुन नदिन उम्मेदवारले ११ हजार २२८ मतको १० प्रतिशत भनेको ११ सय २२ मत ल्याउने पर्ने हुन्छ । तर, जसपाका उम्मेदवार दीपक यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा पनि कम मत पाएका छन् । यादवले पाएको ४ सय ६९ मत भन्दा बढी मत मकै छापका लालबाबु महरले ल्याएका छन् ।

महरले ७२३ मत ल्याएका निर्वाचन कार्यालयले जानकारी दिएको छ । उम्मेदवारी दर्ता अघिसम्म उनी मुख्यमन्त्रीकाका स्वकीय सचिव थिए । पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश चौधरीले ३ हजार ९४४ मत ल्याई निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार हरिनारायण चौधरी पराजित भएका छन् । हरिनारायणले ३ हजार ९४४ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?