भेटिएको मतपेटिकामा बराबरी मत, गोलाप्रथामा पनि लामा नै वडाध्यक्षमा विजयी

सुनिता बराल

काठमाडौँ — बराबरी मत भएपछि बर्दिवास नगरपालिका-८ को वडाध्यक्ष विजेताको घोषणा गोलाबाट गरिएको छ । जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा विजयी भएका छन्। जेठ १ गतेमै सो वडाको मतगणना सम्पन्न भएर लामा विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।

भेटिएको मतपेटिकामा बराबरी मत, गोलाप्रथामा पनि लामा नै वडाध्यक्षमा विजयी

लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए । तर बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएको थियो । त्यसमा रहेको ८४ वटा मत गणना हुँदा लामा र किङरिङको बराबरी मत आएको थियो ।

लामा र किङरिङ दुबैले ७ सय ६६ मत ल्याए। त्यसपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाएको थियो । किङमिङले गोला तान्दा नपरेपछि लामा पुन: विजयी भएको घोषणा गरिएको थियो। लामा भने मतदान गणनास्थलमा उपस्थित थिएनन्।

प्रकाशित : जेष्ठ ५, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?