२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

महोत्तरीमा विजयी घोषणापछि भेटिएको मतपेटिका गणना गर्दा वडाध्यक्षको मत बराबर

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ एउटा मतपेटिका चुनावी परिणाम सार्वजनिक भएको ३ दिनपछि फेला परेको छ । बर्दिवास ८ मतगणना जेठ १ गते नै सम्पन्न भएको थियो ।

महोत्तरीमा विजयी घोषणापछि भेटिएको मतपेटिका गणना गर्दा वडाध्यक्षको मत बराबर

सो मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा ७ सय ५१ मत प्राप्त गरि वडाध्यक्षमा विजयी भएको घोषणा निर्वाचन कार्यालयले गरेको थियो। लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए ।

लामा त्यसपछि आफ्नो आफ्नो वडा रहेको क्षेत्र हात्तिलेटमा विजयी जुलुस लगाउनेसहितको कार्यक्रम आयोजना गरेका थिए । तर छुटेको अर्को मतपेटिकाको जेठ ४ गते खोजी भयो । सो मतपेटिकामा ८४ वटा मत गन्दा लामा र किङरिङको मत बराबरी आएको छ । अहिले दुवै उम्मेदवारको मत ७ सय ६६ भएको छ। अहिले मतको रुजु हुने काम भैरहेको छ ।

निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले राजनीतिक दल तथा कर्मचारीहरुले ध्यान नदिँदा समस्या आएको बताएकी छिन् । 'राजनीतिक दलहरु खोजेनन् र हाम्रा कर्मचारीले पनि छुटाउनु भएको छ' सहायक निर्वाचन अधिकृत तामाङले भनिन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?