१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चुनावमा मृत्यु भएकाका परिवारलाई राहत र क्षतिपुर्ति दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ — गृहमन्त्री बालृकष्ण खाँणले स्थानीय तह निर्वाचनको क्रममा देशैभरि भएका घटनामा परी घाइते र मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत र क्षतिपुर्ति दिलाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले चुनावमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिँदै निर्वाचनको महत्वलाई बुझेर जनतालाई सुरक्षा दिने चुनौतीपूर्ण जिम्मेवारी निभाएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद दिए । 

चुनावमा मृत्यु भएकाका परिवारलाई राहत र क्षतिपुर्ति दिन गृहमन्त्रीको निर्देशन

मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलका अनुसार मन्त्री खाँणले निर्वाचनका क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका थिए ।

उनले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएका छन् ।

‘हामीले गत वैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन एकै चरणमा सक्यौँ । एकै चरणमा निर्वाचन सम्पन्न गर्दा हाम्रो सुरक्षाकर्मीहरु, खास गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी खट्नुभयो । कर्मचारीहरु खट्नुभयो । मुलतः राज्य नै त्यसमा खट्यो । हामीले त्यस चरणमा गरेका काम कारबाहीहरुमा सबैबाट सक्रिय सहयोग भएकोले सबैलाई धन्यवाद ज्ञापन गरिएको छ,’ सहसचिव पोखरेलले भने ।


प्रकाशित : जेष्ठ ५, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?