गोदावरीको अध्यक्षमा कांग्रेसका महर्जन विजयी

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — गोदावरी नगरपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार गजेन्द्र महर्जन १९ हजार १ सय ७० मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गम्भिरबहादुर रानालाई ३ हजार ९ सय ३८ मतान्तरले पराजित गरेका हुन् । पराजित गम्भिरबहादुर रानाले १५ हजार २ सय ३२ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मुना अधिकारी १८ हजार ५ सय २६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रमी प्रधानाङ्गले १४ हजार ३ सय ५ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully