गठबन्धनमा इमान्दारिता देखिएन : सांसद चौधरी

'माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्कियो'

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका हुन् । उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणामबाट आफूहरु सन्तुष्ट हुन नसकेको उनले बताए । 

सांसद चौधरीले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरुसँग अगाडी जान नसकिने उनले बताए । 

उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)काबीचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully