१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धनपालथान गाउँपालिकामा कांग्रेस विजयी

देवनाराण साह

मोरङ — मोरङको धनपालथान गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जिवछप्रसाद गच्छदार ६ हजार ३ सय २९ मत ल्याई विजयी भएका छन् ।

धनपालथान गाउँपालिकामा कांग्रेस विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मुसहरु मण्डललाई २ सय ७१ मतान्तरले पराजित गरेका हुन् । पराजित मुसहरु मण्डलले ६ हजार ५८ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार नसीमा बानो ६ हजार २ सय ८४ मतसहित विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उपासी राजवंशीले ५ हजार ७ सय ६७ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?