महोत्तरीको मटिहानिमा दोस्रो पटक जसपाका मण्डल मेयरमा निर्वाचित

जेष्ठ ५, २०७९

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका हरी मण्डल र उपमेयरमा मञ्जु देवी विजयी भएका छन् । ४ हजार ३ मत प्राप्त गरी प्रमुखमा मण्डल निर्वाचित भएको निर्वाचन कार्यालय मटिहानिले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद मुजिबुलले २ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा मञ्जु देवीले ३ हजार ८ सय ६४ मत प्राप्त गरी विजय हासिल गरेकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी जसपाकी जिवछीदेवी यादव २ हजार ७ सय ५१ मत प्राप्त गरि दोस्रो भइन् ।

पत्रकारिता गर्दै महोत्तरी महासंघको ३ कार्यकाल नेतृत्व गरेका मण्डलले मटिहानिको मेयर भएर एक कार्यकाल पूरा गरिसकेका छन् । 

१ हजार ३ सय २९ मतान्तरले प्रतिद्वन्द्वीलाई पछि पार्दै मण्डल मटिहानिको नेतृत्वमा पुनः दोहोरिएका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully