कपिलवस्तुको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी

जेष्ठ ५, २०७९

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको मायादेवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सीमासँग सटेर रहेको गाउँपालिकामा कांग्रेसका वलिउद्दीन मुसलमानले जनता समाजवादी पार्टीका बजरंगी कुर्मीलाई ३ सय ९८ मतान्तरले पराजित गरे ।

मुसलमानले ५ हजार २७८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले ४ हजार ८ सय ८० मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै सरस्वती यादव विजयी भएकी छन् । उनी ५ हजार ३७ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी रश्मीसुधा त्रिपाठीले ४ हजार ५७८ मत ल्याएकी थिइन् ।

जिल्लाको ४ वटा स्थानीय तहको परिणाम आउँदा कांग्रेसको पहिलो जीत हो । ६ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् । 

स्थानीय तह निर्वाचन २०७९

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully