कपिलवस्तुको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी
कपिलवस्तु — जिल्लाको मायादेवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सीमासँग सटेर रहेको गाउँपालिकामा कांग्रेसका वलिउद्दीन मुसलमानले जनता समाजवादी पार्टीका बजरंगी कुर्मीलाई ३ सय ९८ मतान्तरले पराजित गरे ।
मुसलमानले ५ हजार २७८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले ४ हजार ८ सय ८० मत ल्याएका थिए ।
त्यस्तै, उपप्रमुखमा कांग्रेसकै सरस्वती यादव विजयी भएकी छन् । उनी ५ हजार ३७ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी रश्मीसुधा त्रिपाठीले ४ हजार ५७८ मत ल्याएकी थिइन् ।
जिल्लाको ४ वटा स्थानीय तहको परिणाम आउँदा कांग्रेसको पहिलो जीत हो । ६ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।
प्रतिक्रिया