१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कैलालीको भजनी नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

मोहन बुडाऐर

धनगढी — कैलालीको भजनी नगरपालिकाको मेयर/उपमेयर सहित अधिकांश वडामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।

कैलालीको भजनी नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

भजनीका निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयर पदमा नागरिक उन्मुक्तिका केवल चौधरी विजयी भएका हुन् । चौधरीले ८ हजार ९ सय ६६ मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार १ सय ९८ मत प्राप्त गरे ।

त्यसैगरी उप-मेयरमा नागरिक उन्मुक्तिकै उम्मेदवार राजु तिरुवा विजयी भए । उनले ७ हजार ६ सय २२ मत प्राप्त गरेकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीले ४ हजार ४ सय ९० मत मात्रै पप्त गरे ।

भजनी नगरपालिकाका ९ वडामध्ये नागरिक उन्मुक्तिले १, ३, ६ नम्बर वडामा जितेको छ । माओवादीले २, ४ र ८ नम्बर वडा जितेको छ भने एमालेले ५ र ९ वडा जितेको छ । कांग्रेसले ७ नम्बर वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?